कला/साहित्यसोमबार, १६ भाद्र , २०७६

वरुण धवनको ‘कुली नं. १’ प्लास्टिकमुक्त फिल्म

हिमालखबर

वरुण धवन र सारा अली खानको अभिनय रहने ‘कुली नं. १’ प्लास्टिकको प्रयोग नगरिएको बलिउडको पहिलो फिल्म हुने भएको छ।

फिल्मकी निर्मात्री दीपशिखा देशमुखले ट्विट गर्दै फिल्ममा प्लास्टिकको प्रयोग नगरिने जानकारी दिएकी हुन्। उनले यो सानो प्रयास मात्र भएको उल्लेख गर्दै यसले प्लास्टिकबाट हुने प्रदूषण नियन्त्रण गर्न अरुलाई पनि प्रेरित गर्ने अपेक्षा व्यक्त गरेकी छन्।

सुटिङ सेटमा प्लास्टिकको साटो स्टिलको बोतल प्रयोग गरिने बताइएको छ।

 

अभिनेता वरुणले पनि ट्विट मार्फत आफ्ना सहयोगीहरुलाई प्लास्टिक प्रयोग नगर्न आग्रह गरेका छन्।

डेविड धवनले निर्देशन गर्ने ‘कुली नं. १’ आउँदो वर्षको मे मा प्रदर्शन हुनेछ। सन् १९९५ मा डेविडकै निर्देशनमा बनेको यही नामको फिल्ममा गोविन्दा र करिश्मा कपूरले अभिनय गरेका थिए।

प्रतिकृया दिनुहोस