प्रधानमन्त्री ओलीको छैटौं प्लाज्माफेरेसिस आज, स्वास्थ्य अवस्था सामान्य
प्रधानमन्त्री केपी शर्मा ओलीको आज (सोमबार) छैटौं प्लाज्माफेरेसिस गरिदैछ ।
सिंगापुरको न्याशनल यूनिभर्सिटी हस्पिटलमा उपचारत प्रधानमन्त्री ओलीको बुधबार अन्तिम प्लाज्माफेरेसिस हुँदैछ । यसपछि भने प्लाज्माफेरेसिसको प्रक्रिया सकिनेछ ।
५ भदौदेखि प्लाज्माफेरेसिस प्रक्रियाबाट एण्टिबडीलाई निवारण गर्ने प्रक्रिया भइरहेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।