बहामसमा आधुनिक इतिहासकै शक्तिशाली आँधी
डोरिअन नामक क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी उत्तर–पश्चिम बहामस पुगेको छ । प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा डोरिअन आँधी आधुनिक तथ्याङ्क राख्न थालिएयताकै अति खतरनाक हो ।
ग्र्यान्ड बहामासका बासिन्दा आँधीको अनुमानित मार्गबाट अन्यत्र सारिएको छ । आँधी जनजीवनका लागि आँधी घातक हुन सक्ने र सात मिटर उचाइसम्म पुग्न सक्न अनुमान गरिएको छ ।
स्थानीय समयअनुसार, दिउँसो १२ः४० बजे आँधी उत्तरी बहामसको एल्बोनी टापु पुगेको थियो । आँधीले घरहरुमा बाढी पसेको र घरका छाना उडाएको दृष्य सामाजिक सञ्जालमा राखिएका छन् ।
आँधी ग्रेट एबाको टापु र नजिकका क्षेत्र अथवा ग्र्यान्डा बहामा टापुमा सोमवारसम्म पुग्ने अनुमान गरिएको बीबीसीले जनाएकाे छ । बहामसलाई हानेपछि डोरिअन आँधी संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा सोमबार अवेरसम्म पुग्ने अनुमान गरिएको छ ।