बन्दका क्रममा नेपालगञ्जमा तोडफोड
संविधान संशोधन गरेर ५ नम्बर प्रदेशलाई टुक्र्याउन खोजेको विरोधमा नेपालगञ्जमा सवारी साधन र पसलमा तोडफोड भएको छ ।
बन्दका क्रममा २ पुषमा नेपालगञ्जमा खुलेका केही पसल र सडकमा देखिएका एउटा मोटर साइकल र एउटा कार तोडफोड गरेका बन्दकर्ताले आज, आइतबार पनि दुईवटा मोटरसाइकल तोडफोड गरेका हुन् ।
तीनदिने आमहड्तालको अन्तिम दिन आज बिहानैदेखि बन्दकर्ताहरु सडकमा उत्रिएका छन् ।
नेपालगञ्ज र कोहलपुरमा बजार र यातायात पूर्ण रुपमा ठप्प छ ।
केशव राना, बाँके