कश्मीरमा भारतीय कदम अस्वीकार्य : वरिष्ठ अमेरिकी नेता बर्नी सेन्डर्स
वरिष्ठ अमेरिकी नेता तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार समेत रहेका बर्नी सेन्डर्सले कश्मीरमा भारतीय कदम अस्वीकार्य बताएका छन् ।
वर्मोटबाट सिनेटर भएका बर्नी सिनेटरले सुरक्षाको नाममा कश्मीरमा विरोधीहरूको आवाजलाई दबाउँदा स्वास्थ्य सेवा जस्तो मानवीय आवश्यकता पनि त्यहाँका मानिसले पाउन सकिरहेका छैनन् ।
उनले भने, “कश्मीरमा भारतले लगाएको प्रतिबन्धबाट बिरामीहरूले जीवनरक्षक उपचार पनि पाउन नसकेको भारतमा कैयौं डाक्टरले बताएका छन्।"
बीबीसीका अनुसार अमेरिकामा मुसलमानहरूको एक सम्मेलनमा बोल्दै सेन्डरले भने, “जम्मू–कश्मीरमा संचार सेवामाथि लगाइएको प्रतिबन्ध तुरुन्त हटाउनुपर्ने र अमेरिकाले प्रखर रूपमा अन्तर्राष्ट्रिय मानव अधिकारको पक्षमा बोल्नुपर्ने बताएका छन् ।
एकदिन पहिले अमेरिकी सांसद एन्डी लेविनले पनि कश्मीर विषयमा नरेन्द्र मोदी सरकारले उठाएको कदमको आलोचना गर्दै भनेका थिए– मोदीले लोकतान्त्रिक मूल्य र मानवअधिकारमा चोट पुर्याएका छन् ।
यसैबीच एक अमेरिकी बुद्धिजीविले भनेका छन्– कि भारत प्रशासित कश्मीरको अवस्थाले अफगानिस्तानसँगको शान्तिवार्तामा पनि असर पर्न सक्छ ।