प्रिमियर लिगमा आठ खेल, सवा १० बजे बर्नलेसँग लिभरपुल भिड्ने
इंग्लिस प्रिमियर लिगमा शनिबार आठ वटा खेल हुँदैछ । पहिलो खेल म्यान्चेष्टर युनाइटेड र साउथहाम्टनबीच खेल हुनेछ । यो खेल नेपाली समयअनुुसार, सवा पाँच बजे हुनेछ ।
पौने आठ बजे ६ वटा खेल हुँदैछ । चेल्सी र शेफिल्ड युनाइटेड भिड्दैछ । क्रिष्टल प्यालेस एस्टन भिल्लासँग प्रतिष्पर्धा गर्दैछ । लेस्टर सिटीको मैदानमा एएफसी बर्नमाउथ पौने आठ बजे नै प्रतिश्पर्धामा उत्रदैछ ।
म्यान्चेष्टर सिटी बब्राइटन एण्ड होभ अल्वियनसँग खेल्दैछ । न्यूक्यासल युनाइटेड वाट्फोर्डसँग र वेष्टह्याम युनाइटेड नर्विच सिटीसँग प्रतिष्पर्धा गर्दैछ । आजको अन्तिम खेल भने सवा १० बजेबाट शुरु हुनेछ ।
अन्तिम खेल लिभरपुल बर्नलेसँग उसकै घरेलु मैदानमा भिड्दैछ ।