भारतविरुद्ध बदला लिदै इतिहास रच्ने अवसर
यू–१५ साफ च्याम्पियनसीपको फाइनल खेल दिउँसो तीन बजे शुरु हुँदैछ ।
समुह चरणमा भारतसँग पराजित नेपाल फाइनलमा बदला लिन चाहन्छ । भारत भने आफ्नो अपराजित यात्रा कायमै राख्दै उपाधि उचाल्ने तयारीमा छ ।
समूह चरणमा भारतसँग ५–० गोल अन्तरले पराजित नेपाललाई बदला लिन सजिलो छैन । तर, पराजय भुल्दै नयाँ इतिहास रच्नेगरी मैदान नेपाली युवाहरु उत्रदैछन् ।
समूह चरणमा नेपालले भारत बाहेक श्रीलंका, बंगलादेश र भुटानलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपाल यसअघि २ पटक फाइनल पुगेपनि अहिलेसम्म उपाधि जित्न सकेको छैन ।