जेसीज निर्वाचनमा धाँधलीको आरोप
नेपाल जेसीजको ४३ औं राष्ट्रिय अधिवेशनमा धाँधली भएको आरोप लागेको छ । अध्यक्षका उम्मेदवार बिष्णु बरालले धाँधली भएको आरोप लगाउदै छानविनको माग गरेका छन् ।
२५ मंसिरमा धापासीमा भएको राष्ट्रिय अधिवेशनमा धाँधली गरेर चुनाव जिताइएको पत्रकार सम्मेलन गरेर बरालले आरोप लगाएका छन् । मतदान सुरु हुदा १२३५ मत पत्र वितरण गरिएको मुचुल्का बनाएको भएपनि अन्तिम परिणाममा १२८४ मत खसेको मुचुल्कामा हस्ताक्षर गर्न दवाव दिएको जनाएको छ ।
त्यसको छानविन गर्न माग गरि निर्वाचन समितिमा उजुरी दिदा पनि वास्ता नगरिएको उनले आरोप लगाएका छन् । छानविन गर्नुको सट्टा मत्रपत्र नष्ट गरि निर्वाचन घोषणा गरिएको बरालले बताएका छन् ।
यसभन्दा अघिल्लो निर्वाचनमा पनि विवाद भएपछि नेपाल जेसीज कारवाहीमा परेको थियो । ४० वर्ष भन्दा बढी उमेरका अध्यक्ष निर्वाचित भएपछि रद्द गरिएको थियो ।
निर्वाचन समितिले प्रकाशप्रसाद अधिकारीलाई राष्ट्रिय अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको छ । दमक जेसिजका पूर्वअध्यक्ष अधिकारीले ६५७ मत ल्याई राष्ट्रिय अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । उनले बरालको भन्दा ३५ मत बढी ल्याएका ल्याएको जनाएको छ ।
महाधिवेशनले कार्यकारिणी उपाध्यक्षमा क्रमशः कैलाश खाकी, विनोद सुवेदी, श्रीधर बस्याल र सुुशीलकुमार श्रेष्ठ निर्वाचित गरेको छ ।
त्यस्तै उपाध्यक्षमा अतुल प्रसाई, शोभा खरेल, राजु पौडेल, हेमराज खनाल, भीम गिरी, विकास मानन्धर, विकाश महर्जन, सङ्गिता खड्का, सुुशीला शाही, सन्तोष रौनियार, रामशरण सिलवाल र मञ्जरी घिमिरे विजयी भएको नेपाल जेसिसले जनाएको छ ।
नवनिर्वाचित पदाधिकारीले शपथ लिएपछि आजै महासचिवमा भरत प्रसाई, कानुनी सल्लाहकारमा राजाबाबु शाह र कोषाध्यक्षमा आनन्द अधिकारीलाई मनोनित गरी सभाबाट अनुमोदन गराएको नेपाल जेसिसले जनाएको छ ।