समाचारशुक्रबार, १३ भाद्र , २०७६

देशभरि एक लाख २४ हजार ४८ व्यक्ति फरार, १० अर्ब असुली बाँकी

रासस

नेपालमा अझै पनि अदालतले अपराधी ठहर गरेका एक लाख २४ हजार ४८ व्यक्ति फरार रहेका छन् ।

भक्तपुर जिल्ला अदालतले शुक्रबार आयोजना गरेको फैसला कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा फैसला कार्यान्वयन एकाइका महानिर्देशक गजेन्द्रबहादुर सिंहले देशभरि एक लाख २४ हजार ४८ व्यक्ति फरार हुँदा एक लाख ३८ हजार ४२ वर्ष कैद भुक्तानी बाँकी रहेको बताएका छन् ।

फरार अपराधीबाट रु १० अर्बभन्दा बढी रकम असुल हुन बाँकी रहेको पनि सिंहले बताएका छन् ।

कार्यक्रममा सर्वोच्च अदालतका रजिस्टार निर्मल ध्वज निरौलाले देशमा हाल फैसला कार्यान्वयनको पाटो सबैभन्दा जटिल अवस्थामा रहेको बताउँदै अदालतले अपराधी ठहर गरेको मानिस हाम्रै समाजमा खुल्लम खुल्ला हिँड्दा कानूनी राज्यको खिल्ली उडेको बताए ।

उनले २०८१ सालसम्ममा २०७५ सालसम्मको सम्पूर्ण फैसला कार्यान्वयन गर्ने गरी पञ्चवर्षीय योजना निर्माण गरी अगाडि बढेको बताउँदै फरार अभियुक्त पक्राउ गर्न अदालत र प्रहरीलाई स्थानीय जनप्रतिनिधि एवं स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस