बाजेको मसला बिग मार्टमा पनि
बाजेको मसलाले आफ्ना उत्पादनहरु काठमाडौं उपत्यकाका बिग मार्टहरुबाट पनि बिक्री गर्दैछ । बाजेको मसला १ पुसदेखि उपत्यकाका २३ वटा बिग मार्टमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
बिग मार्टसँगको साझेदारीको अवसरमा बाजेको मसलाले ग्राहकहरुलार्इ रु १००० को मसला खरिदमा रु २०० बराबरको बाजेको सेकुवाको कुपन उपलब्ध गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बाजेको मसलाले बाह्रा मसला, चिकेन मसला, मिट मसला, सेकुवा मसला, करि मसला र गरम मसला लगायतका बिभिन्न १२ प्रकारका मसला उत्पादन गर्दै आएको छ ।