नेयमार फेरि बार्सिलोनामा
ब्राजिलियन स्ट्राइकर नेयमार फेरि बार्सिलोना फर्कने लगभग सहमति जुटेको छ ।
बार्सिलोनाको लामो प्रयासपछि नेयमार बार्सिलोना फर्कने सहमति भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सन् २०१७ मा बार्सिनाबाट नेयमार २२२ मिलियन पाउण्डमा पीएसजी गएका थिए ।
आफैं बेचेको नेयमार किन्न यस पटक बार्सिलोनाले ठूलै मेहनत गरेको छ । जसरी पनि नेयमार भित्र्याउन बार्सिलोना ठूलो मूल्य पीएसजीलाई दिन तयार भएको छ ।
२२२ मिलियन पाउण्डको ऐतिहासिक रकम खर्चिएको पीएसजीले नेयमारका लागि यसपटक २२० मिलियन पाउण्डसहित तीन खेलाडी समेत दिन तयार भएको छ । नेयमार भित्र्याउन डिफेन्डर टोडीबो, मिडफिल्डर ¥याकिटिक र फर्वाड ओउस्मान डेम्बेले दिन तयार भएका छन् ।