थप समाचारशुक्रबार, १३ भाद्र , २०७६

महाकाली अञ्चल अस्पतालमा भाइरलका बिरामीको चाप

रासस

कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको संख्या बढ्दै गएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक एक सय जनाभन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने समस्या लिएर बिरामी आइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकृत केशव अवस्थीले अस्पतालमा दैनिक दुईसय जति आउनेमा आधा भाइरल परीक्षणका लागि आउने गरेकाले भाइरलका बिरामीको चाप बढेको बताए । जिल्लाका अन्य स्वास्थ्य संस्था तथा बजार क्षेत्रका निजी क्लिनिकहरुमा पनि भाइरलका बिरामीको चाप बढेको छ ।

शुक्लाफाँटा नगरपालिका–१ स्थित श्रीराम आधारभूत विद्यालय तीन जना शिक्षक बिरामी परेकाले बिहीबार र  शक्रबार विद्यालय बन्द गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम कुँवरका अनुसार विद्यालयमा भएका तीनैजना शिक्षक बिरामी परेपछि बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरिएको हाे ।

प्रतिकृया दिनुहोस