मैत्रीपूर्ण फूटबलमा नेपालद्वारा मलेसिया पराजित
साफ वुमेन्स च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण खेलमा मलेसियालाई पराजित गरेको छ । एन्फा कम्प्लेक्समा २ पुसमा नेपालले मलेसियालाई १–० गोलले पराजित गरेको हो ।
टीम नेपालका लागि विजयी गोल सावित्रा भण्डारीले गरेकी हुन । फिफा वरियतामा नेपाल ११२ औं स्थान र मलेसिया ८६ औं स्थानमा छ ।
११ पुसदेखि भारतको सिलिगुडीमा शुरु हुने चौथो साफमा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंका एउटै समूहमा परेको छ ।