स्टार क्लबका विश्व स्टारहरू, जो खेल हेरेर बस्छन् खेल्दैनन्
स्पेनिस ला लिगा जारी छ । तर, ला लिगाका दुई ठूला क्लब बार्सिलोना र रियल मड्रिड भने चिन्तामा छन् ।
विश्व स्टार खेलाडी क्लबमा छन् तर, उनीहरुले अहिले खेल्दैनन् । खेल हेरेर बसेका छन् । यसको एउटै कारण राम्रा खेलाडी घाइते छन् । दर्शक जीतको प्रार्थना गरेर बसेका छन् ।
रियल मड्रिडले भर्खरै अनुबन्धित गरेको इडेन हजार्ड सिजनको शुरुमै घाइते छन् । हजार्डसँगै रियल भित्रिएका रोड्रिगो र फेरलान्ड पनि घाइते भएका छन् ।
अर्का, बलियो क्लब बार्सिलोनामा पनि रियलकै जस्तो समस्या छ । बार्सिलोनाका लियोनल मेसी, लुइस स्वारेज, ओउस्मान डेम्बेले पनि मैदान बाहिर छन् । अन्य खेलाडीको खेल हेरेर बसेका छन् ।
नयाँ सिजनको शुरुमै भएका यी घटनाले दर्शक तथा समर्थकमा पनि चिन्ता छ ।