भुटानविरुद्ध शानदार जित निकाल्दै नेपाल फाइनलमा
साफ यू–१५ च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध ६–० गोल अन्तरको शानदार जित निकालेको छ ।
भारतको कल्याणी रंगशालामा भुटानविरुद्ध जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको हो । तीन खेलबाट ९ अंक जोडेको भारत शीर्ष स्थानमा छ भने हेड टु हेडका आधारमा नेपाल दोस्रो स्थानमा छ ।
नेपालले भुटानलाई पूरै खेल अवधिभर दबावमा राखेको थियो । पहिलो हाफमा दुई गोलले अग्रता लिएको नेपालले दोस्रो हाफमा चार गोल थप गरेको थियो ।
बिहीबार नै भारत र बंगलादेशबीच खेल हुँदैछ । तर, भारत बंगलादेशसँग पराजित भएपनि नेपाललाई खासै प्रभाव पर्ने देखिदैन । किनभने नेपाल अंकतालिका र जीडीमा पनि बलियो अवस्थामा छ ।