समाचारबिहिबार, १२ भाद्र , २०७६

जनताको उपलब्धिप्रति प्रश्न उठाउनेलाई कुल्चिदिनुपर्छः मन्त्री बाँस्कोटा

रासस

सरकारका प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको संघर्षबाट प्राप्त उपलब्धिप्रति कसैले प्रश्न उठाए जनताले कुल्चिदिनुपर्ने बताएका छन् ।

गृह जिल्ला काभ्रे पुगेका मन्त्री बाँस्कोटाले गणतन्त्र ऐतिहासिक जनक्रान्तिका साथ लडेर ल्याएको व्यवस्था भएको बताए । मन्त्री बाँस्कोटाले भने, “अयोग्य तत्वको केही चलखेल जस्तो देखिन्छ, कथित सल्बलाउन खोज्नेलाई जनताले नै जवाफ दिनेछन् ।”

मन्त्री बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताए । उनले भने, “कुनै पनि प्रकारको निरङ्कुशतन्त्र, अधिनायकतन्त्र वा तानाशाहीतन्त्र लोकतन्त्रको विकल्प होइनन् ।”

प्रतिकृया दिनुहोस