नेयमारका लागि बार्सिलोनाको दुई खेलाडीसहित ११३ मिलियनको प्रस्ताव अस्वीकार
ब्राजिलियन स्टार नेयमारका लागि बार्सिलोनाले राखेको दुई खेलाडी र ११३ मिलियन पाउण्डको प्रस्ताव पीएसजीले अस्वीकार गरेको छ ।
दुई वर्ष अगाडि २२२ मिलियन पाउण्डमा पीएसजी गएका नेयमारलाई बार्सिलोना फर्काउन चाहन्छ । त्यसका लागि विभिन्न प्रस्ताव राखिसकेको छ । नेयमारका लागि अन्य क्लबले पनि आकर्षक प्रस्ताव राखेका थिए ।
तर, नेयमार नै बार्सिलोना जान चाहेपछि अन्य प्रस्ताव अस्वीकृत हुन पुग्यो । बार्सिलोनाले पछिल्लो प्रस्तावका रुपमा ११३ मिलियन पाउण्ड र दुई खेलाडी साट्ने प्रस्ताव राखेको थियो । जसलाई पीएसजीले अस्वीकार गरेको छ ।
खेलाडी ट्रान्सफर डिण्डो अब एक हप्ता मात्रै बाँकी रहेकाले बार्सिलोनासँग एउटा मात्रै विकल्प रहेको न्यूज एजेन्सीहरुले अनुमान गरेका छन् । ती अनुमान भनेको बार्सिलोनाले पीएसजीलाई २२० मिलियनसम्म खर्च गरे पीएसजी तयार हुन सक्छन् ।
२७ वर्षीय नेयमारले एउटै लिगको ५८ खेलमा ५१ गोलसम्म गरेका छन् ।