यूईएफए वर्ष खेलाडी घोषणा हुँदै, मेसी र रोनाल्डोसँगै भ्यान डाइक प्रतिस्पर्धामा
यूईएफए वर्ष खेलाडी आज राति घोषणा हुँदैछ । यो पटक वर्ष खेलाडी भन्ने होडमा तीन खेलाडी छन् ।
दशक लामो प्रतिश्पर्धी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो यस पटक पनि बलिायो दावेदार छन् । मेसी र रोनाल्डोले पाँच/पाँच पटक पालैपालो जितेको यो पदक गत वर्ष भने क्रोयसियाका लुका मोड्रिचले जितेका थिए ।
यसपटक पनि स्ट्राइकरले पाउने यो पुरस्कार तोडिन्छन् अथवा फेरि मेसी र रोनाल्डो मध्ये एकले पाउनेछन् भन्ने घोषणा आजै हुँदैछ । मेसी र रोनाल्डोसँगै होडमा आइपुगेका अर्का नाम भने लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक हुन् ।
थुप्रै स्टारहरुलाई पछि पार्दै अन्तिममा भर्जिलले स्थान बनाए । मेसी र रोनाल्डोको प्रदर्शनीबारे धेरै भनिरहनु परेन । तर, स्ट्राइकरहरुलाई पछि पार्दै अन्तिम तीनमा आइपुगेका भर्जिलले गत वर्ष ५९ खेल खेलेका थिए ।
खेलअवधिभरमा उनले ९ गोल गरे भने ४ गोलमा असिस्ट गरे । लिभरपुलका लागि कुनै पनि खेलाडी भन्दा धेरै समय उनले खेले । भर्जिललले आफ्नो अगाडि आएका ७० प्रतिशतभन्दा बढी बल क्लियर गर्न सफल भए ।
गत सिजन प्रिमियर लिगमा सबैभन्दा कम गोल खाने टीम लिभरपुल बनेको थियो । लिभरपुलले जम्मा २२ गोल मात्रै खाएको थियो ।
भर्जिलको डिफेन्स यति बलियो थियो कि कमै खेलाडीले मात्रै उनको अगाडिबाट ड्रिबल गरेर बल बढाउन सक्थे ।