ह्वावेको ‘जिआर–५ २०१७’ को प्रि–बुकिङ खुल्यो
ह्वावे कन्ज्युमर बिजनेश गु्रप (सिबिजी) ले डुअल क्यामरा स्मार्टफोनको प्रि–बुकिङ खुल्ला गरेको छ । ह्वावे 'जिआर–५ २०१७' को प्रि–बुकिङ ३ पुसदेखि ७ पुससम्मका लागि खुल्ला गरिएको कम्पनीले जनाएको छ । कुनै पनि ह्वावे स्टोरमा गएर प्रि–बुकिङ गर्न सकिनेछ । १२ एमबी र २ एमबी रियर क्यामराले फोटो खिच्दा ०.३ सेकेण्डमा एक साथ अटोफोकस गरेर डाइन्यामिक डेप्थ अफ फिल्ड प्रदान गर्दछ ।
विशेषताहरु:
-१२ एमबी र २ एमबीको दुइटा रियर क्यामराहरु
-८ एमबी फ्रन्ट क्यामरा
-इन्टेलिजेन्ट पावर–सेभिङ प्रविधि भएको ३४० एमएएचको ठूलो ब्याट्री
-हिसिलिकन किरिङ ६५५ अक्टाकोर प्रोसेसर
- मात्र ०.३ सेकेण्डमा फाष्ट स्क्रीन अनलक
-५.५ इन्चको हाइ–डेफिनेसन ठूला स्क्रीन
-दृश्यको त्रुटी हटाउनको लागि ब्लु लाईट फिलटर आउट
-३ जीबी र्यामऽ ३२ जीबी रोम, १२८ जीबीसम्मको माइक्रोएस्डि कार्ड
यो स्मार्टफोन ग्रे, सिल्भर र गोल्ड रङ्गहरुमा उपलब्ध छन् । कम्पनीले सुरुमा प्रि–बुकिङ गर्नेहरुका लागि ह्वावे ओरिजिनल १३००० एमएएचको पावर ब्याङ्क सित्तैमा दिने घोषणा गरेको छ । ह्वावे जिआर–५ २०१७ को मूल्य रु. २९ हजार ९९९निर्धारण गरिएको छ ।