अर्थ/बजारबुधबार, ११ भाद्र , २०७६

नेपाल–जापान सिधा उडान हुँदै

हिमालखबर

नेपालबाट जापान जान अब चीनको सांघाईमा ट्रान्जिट उडान गर्नु नपर्ने भएको छ ।

नेपाल एयरलाइन्सले जापानका लागि सिधा उडान शुरु गर्न लागेकाले सांघाई ट्रान्जितको समस्या हल हुने भएको हो । बिहीबार बिहान २ः३० बजे जापानका लागि हुने सिधा उडानमा २५ नेपालीसहित ९० यात्रु उड्दैछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ घण्टाको उडानपछि ओशाकास्थित कान्साई विमानस्थलमा विमान अवतरण गर्नेछ ।

टोलीको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्दैछन् । नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाज यो रुटका लागि तय गरेको छ ।

 

प्रतिकृया दिनुहोस