नेपाल तीन विकेटले पराजित
यू–१९ एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली क्रिकेट टीम श्रीलंकन क्लबसँग तीन विकेटले पराजित भएकाे छ ।
बर्षाका कारण ४२ ओभरको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले श्रीलंकाको सिन्हाल्सी स्पोर्टस क्लब एसएसीलाई २४१ रनको लक्ष्य दिएको छ । तर, श्रीलंकन टीमले सात विकेटकाे क्षतिमा लक्ष्य भेटायाे । नेपालले अन्तिम बलमा क्याच छाेडेपछि श्रीलंकन टीमले राेमाञ्चक जित निकाल्याे । नेपालका लागि पवन सर्राफले तीन, कमलसिंहले दुई, सागर ढकाल र सुर्य तामाङले एक/एक विकेट लिए ।
नेपालले ७ विकेटको क्षतिमा २ सय ४० रन बनाएको छ । नेपालका लागि आशिफ शेखले सर्वाधिक ८८ रन बनाए । ओनपर रित गौतम र पवन शर्राफले १३ ओभरमा ५८ रन जोडेका थिए ।
सरार्फ ३० रन बनाएर पहिलो विकेट रुपमा आउट भए । गौतम ३१ रन बनाएर पेभेलियन फर्किए । सन्दीप जोराले आशिफलाई दरिलो साथ दिए । कप्तान रोहितकुमार पौडेल ८, लोकेश बम १ रनमा आउट भएपछि धर्मराउन पुग्यो ।
सन्दीपले ३३ रनको योगदान गरे । कुशल मल्ल १०, हरिबहादुर चौहान १८ र भीम सार्की २५ रनमा नटआउट रहे । एसिया कप यू–१९, ५ सेप्टेम्बरबाट शुरु हुँदैछ ।