पहिलोपटक भिडियाे कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाटै मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो । प्रधानमन्त्री ओलीले ट्विट गर्दै भिडियो कन्फ्रेन्सबाट बैठक बसेको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गर्नु अघिल्लो साँझ भिडियो कन्फ्रेन्सबाट बैठक बोलाउने मिल्नेगरी कार्यविधि संशोधन गरिएको थियो ।