थप समाचारसोमबार, ९ भाद्र , २०७६

रवि लामिछानेसहित तीन जनाको थुनछेक बहस शुरु

हिमालखबर

चितवन जिल्ला अदालतमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनको थुनछेक बहस शुरु भएको छ ।

छुट्टा–छुट्टै बयानपछि थुनछेक बहस शुरु भएको हो । बहसपछि सजायबारे फैसला हुनेछ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की रुकुको बहस इरहेको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रविसहित तीन जनालाई गत ३० साउनमा पक्राउ गरिएको छ । हिरासतमा राखेर अनुसन्धानपछि सोमबार थुनछेक बहस भइरहेको छ ।

प्रतिकृया दिनुहोस