नेकपामा थपिए चार जना केन्द्रीय सदस्य
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चार जना केन्द्रीय सदस्य थप गरेको छ ।
पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले पार्टी प्रवेश मार्फत आएका चार जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।
बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।