समाचारसोमबार, ९ भाद्र , २०७६

रवि लामिछानेको बयान लिइदै

हिमालखबर

टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको बयान सोमबार लिइदैछ ।

आइतबार अस्मिता कार्की रुकुको बयान लिइएको थियो । चितवन सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेपछि आइतबार नै अस्मिताको बयान लिइएको थियो ।

तर, आइतबार समय नपुगेको भन्दै रवि लामिछाने र युवराज कँडेलको बयान सोमबारलाई सारिएको हो । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रविसहित तीन जनालाई दुरुत्साहन मुद्दा दायर गरिएको छ ।

गत २० साउनमा चितवनको कंगारु होटलमा आत्महत्या गरेका पुडासैनीलाई मर्नका लागि दुरुत्साहन गरेको अभियोगमा लामिछानेसहित तीन जनालाई ३० साउनमा नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।

प्रतिकृया दिनुहोस