चितवनका केही ठाउँमा पाँच जना बढी सँगै हिड्न नपाइने
जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि सुरक्षा व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ ।
आइतबार राति बसेको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरेको छ ।
बैठकले प्रदर्शन निषेध गरिएको स्थानमा पाँच जना भन्दा बढी सँगै हिड्न नपाउने व्यवस्था गरिएको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुद्दा दायर भएसँगै उत्रिएकाे प्रदर्शनपछि यस्तो निर्णय भएको हो ।
चितवन सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित तीन जना विरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको छ ।