अध्यक्ष दाहालले बोलाए सचिवालय बैठक
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सचिवालय बैठक बोलाएका छन् ।
बैठक भोलि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको हो।
प्रवास कमिटी, ६ महानगरको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
गत बिहीबारको नेकपा सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि अध्यक्ष दाहालले पार्टी बैठक बाेलाउन सक्ने निर्णय गरेको थियो ।