रवि लामिछानेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा
टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय चितवनले सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।
प्रहरीको प्रतिवेदन अध्ययनपपछि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनको अध्ययन पछि नै मुद्दा चलाउन वा नचलाउने निर्णय हुनेछ ।
मुद्दा दर्ता भए अदालतले उनीहरुलाई थुनछेक वयान लिनेछ । यसपछि मात्रै थुनामै राख्ने, साधरण तारेखमा छोड्ने वा धरौतीमा छोड्ने भन्ने निर्णय हुनेछ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनालाई गत ३० साउनमा पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । २० साउनमा पत्रकार पुडासैनीले आत्महत्या गरेका थिए ।
आत्महत्या अगाडिको भिडियो वयानका आधारमा रविसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।