कला/साहित्यआइतबार, ८ भाद्र , २०७६

पवन गिरीको ‘मलाई एक छिन देऊ...’

हिमालखबर

गायक पवन गिरी ‘मलाई एक छिन देऊ...’ लिएर आएका छन् । नेपाल आइडल–२ का प्रतियोगी गिरी टप ६ सम्म पुगेका थिए ।

नेपाल आइडलमा ‘पावर प्याक पफर्मर’ को उपाधि पाएका गिरीले म्युजिक भिडियो वाइड लेन्स प्रोडक्सनमार्फत बजारमा ल्याएका छन् ।

न्यूह बज्राचार्यको संगीत रहेको गीत गिरीले बज्राचार्यलाई गुरुको रुपमा श्रद्धा गर्दै उनले एल्बमको नामै ‘गुरुको भेट’ राखेका छन् । म्युजिक भिडियोमा उनले कविता नेपालीसँगै आफैंले अभिनय गरेका छन् ।

भिडियोको निर्देशन भने लोकेश बज्राचार्यले गरेका छन् । र, क्रियटिभ डाइरेक्टरको भूमिकामा योपेश प्रधान छन् ।

 

प्रतिकृया दिनुहोस