थप समाचारआइतबार, ८ भाद्र , २०७६

डेंगुबाट एकको मृत्यु

हिमालखबर

चितवनमा डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी ६ भदौमा कार्यालयलाई दिइएको हो । वृद्धको ३१ साउनमा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको नाम गोप्य राखिएको छ ।

सामान्य ज्वरो आएर २९ साउनमा भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो । सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले बताए ।

जिल्लामा केही दिनयता डेङ्गुको सङ्क्रमण बढ्दो छ । उनका अनुसार साउनयता ६ भदौमा ५६७ जनाको परीक्षण गरिएकामा २२५ मा डेङ्गुको सङ्क्रमण भेटिएको छ । तीमध्ये ४० प्रतिशत भरतपुर महानगरपालिकाका रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस