प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, प्लाज्मा फेरेसिस गरिदै
सिंगापुरमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।
गत ५ भदौमा उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आइतबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।
गत २७ साउनमा स्वदेश फर्किएका प्रधानमन्त्री ओली फेरि थप उपचारका लागि सिंगापुर गएका हुन् ।