सिरि ए मा यूभेन्टसको विजयी शुरूवात
इटालियन खेल सिरि ए को शनिबारबाट शुरु भएको छ । उद्घाटन खेल नै विश्व स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध क्लब युभेन्टसले विजयी शुरूवात गरेको छ ।
पर्मालाई एक–शून्य गोल अन्तरले पराजित गरेको हो । खेलको २०औं मिनेटमा नै युभेन्टसले गोल गर्दै अग्रता लिएको थियो ।
३६औं मिनेटले रोनाल्डोले गरेको गोललाई अफसाइड दिइयो । यसपछि दुवै पक्षबाट गोल हुन सकेन । थपिएको ६ मिनेटमा पनि गोल हुन सकेन ।