व्यक्तित्वशनिबार, ७ भाद्र , २०७६

समालोचनाकी देवी

सेवा भट्टराई

त्यो वेला कोलकातामा नेपाली छोरी असुरक्षित मानिन्थे । धेरैले सुरक्षित हुनैका लागि मुसलमानसँग दोस्रो र तेस्रो पत्नी बनेर विवाह पनि गरेका थिए । तर, लक्खीका बुवा चन्द्रबहादुर सिंह परियार र धनमायालाई यो मञ्जुर थिएन । ’एक दिन मेरी छोरी पनि यसैगरी गइदिई भने बर्बाद हुन्छ’ भन्ने सोचेर लक्खीलाई पुनः दार्जीलिङ फर्काइयो । र, राजबारीमा घरै किनेर राखियो ।

हँसिलो अनुहारमा सेतै फुलेको कपाल, लर्बरिएको बोली र धुमिल स्मृति । मैले दुई वर्षअघि सिलिगुडीको एउटा अपार्टमेण्टमा भेट्दा विदुषी डा. लक्खीदेवी सुन्दासको छायाँ मात्रै बाँकी थियो । तर उनको मीठो बोली र मिजासिलो स्वभाव भने जस्ताको तस्तै । उनै लक्खीदेवीको मुटु रोगका कारण ८५ वर्षको उमेरमा ३० साउनमा सिलिगुडीकै एक नर्सिङ होममा निधन भयो ।

२५ जेठ १९९१ मा भारत पश्चिम बङ्गालको कोलकातामा जन्मिएकी लक्खीदेवीले सम्भवतः एक जुनीमा एक मानिसले गर्न सक्ने भन्दा धेरै गरिसकेकी थिइन् । दलित परिवारमा जन्मेर भेदभावहरू छिचोल्दै उच्च शिक्षासम्म पुग्नु नै त्यो समयका लागि ठूलो उपलब्धि थियो । तर, सुन्दास त्योभन्दा निकै अघि बढिन् ।

त्यो वेला कोलकातामा नेपाली छोरी असुरक्षित मानिन्थे । धेरैले सुरक्षित हुनैका लागि मुसलमानसँग दोस्रो र तेस्रो पत्नी बनेर विवाह पनि गरेका थिए । तर, लक्खीका बुवा चन्द्रबहादुर सिंह परियार र धनमायालाई यो मञ्जुर थिएन । ‘एक दिन मेरी छोरी पनि यसैगरी गइदिई भने बर्बाद हुन्छ’ भन्ने सोचेर लक्खीलाई पुनः दार्जीलिङ फर्काइयो । र, राजबारीमा घरै किनेर राखियो ।

सुन्दासको अधिकांश जीवन दार्जीलिङमा बित्यो । साहित्य र दर्शनशास्त्रमा स्नातक गरेपछि उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा ‘नेपाली कवितामा दार्जीलिङको योगदान’ विषयमा विद्यावारिधि गरिन् । केही समय वकालत पेशा समेत अँगालेकी उनले धेरै समय भने शिक्षणमै बिताइन् । दार्जीलिङको लोरेटो कलेज हुँदै त्यहाँको सरकारी कलेजकी पहिलो महिला प्रधानाध्यापक र भारतीय नेपाली नारी साहित्यिक मञ्चकी संस्थापक अध्यक्ष समेत बनिन् ।

मैले सन् २०१७ को फेब्रुअरीमा भेट्दा भने उनले धेरै कुरा बिर्सिसकेकी थिइन् । लामो समय दार्जीलिङमा बसे तापनि स्वास्थ्य प्रतिकूल भएपछि उनी सिलिगुडी झारेर एउटा अपार्टमेण्टमा एक जना सहयोगीसँग बसिरहेकी थिइन् । दुई छोरा अन्तै बस्थे, र त्यतिवेला उनकी बुहारी उनलाई भेट्न आएकी थिइन् । म पुग्दा सुन्दास सुतिरहेकी थिइन् । टाढाबाट आफूलाई भेट्न कोही आउँदा उनी खुशी देखिन्थिन् । तर, धेरै प्रश्नका उत्तर दिने अवस्थामा उनी थिइनन् ।

“मेरो बारेमा नेपालमा सुन्नुभएको थियो ?” उनले मुस्कुराउँदै सोधिन् । मैले धेरै सुनेको बताएपछि उनले भन्न थालिन्, “तपाईंको नेपालमा एउटा संस्था थियो नेपाली कांग्रेस भन्ने । त्यसका बीपी कोइरालासँग मेरो परिवार नजिक थियो । नेपालका थुप्रै साहित्यकार मेरो घरमा आउनुहुन्थ्यो ।”

उत्तरार्द्धकाे खेल, ती साहित्यकार को को थिए भनेर सम्झिान भने उनलाई निकैबेर लाग्यो । धेरैबेर गम्दै मस्तिष्कमा गडेका ती नाम उनको मुखमा आइपुग्यो, “बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा । म लेख्छु भन्ने उहाँहरूलाई थाहा थियो । मैले म्याट्रिक पनि गरेकी थिइनँ । तर उहाँहरू मलाई खुब प्रोत्साहन दिनुहुन्थ्यो ।”

“मेरो बारेमा नेपालमा सुन्नुभएको थियो ?” उनले मुस्कुराउँदै सोधिन् । मैले धेरै सुनेको बताएपछि उनले भन्न थालिन्, “तपाईंको नेपालमा एउटा संस्था थियो नेपाली कांग्रेस भन्ने । त्यसका बीपी कोइरालासँग मेरो परिवार नजिक थियो । नेपालका थुप्रै साहित्यकार मेरो घरमा आउनुहुन्थ्यो ।”

यस्तै प्रोत्साहनकै कारण हुनसक्छ, लक्खीदेवीले साहित्यका धेरै विधामा कलम चलाइन् । उनका अधिकांश कवितामा आफ्नो समाज र भोगेको भेदभावको विरोध पाइन्छ । कलेजमा पढाउने भए तापनि उनी त्यस्ता भेदभावबाट अछुतो थिइनन् ।

भारतीय नेपाली साहित्यको समालोचना गरेर ती रचनालाई नेपाली साहित्य जगतमा चिनाउने र स्थापित गराउने महत्त्वपूर्ण काम लक्खीदेवीले गरिन् । उनका आहत अनुभूति (कथासंग्रह), सम्भावित अर्थ समर्पित एकान्त (कवितासंग्रह), समय र समीक्षणा (समालोचना) जस्ता कृति प्रकाशित छन् ।

अग्रज साहित्यकारको प्रेरणामा हुर्किएकी लक्खीदेवीले समकालीन साहित्यकारहरू इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काइँलासँग पनि सङ्गत गरिन् । अगमसिंह गिरी, अच्छा राई रसिक, बद्रीनारायण प्रधान, गुमानसिंह चाम्लिङ पनि उनका सहकर्मी थिए ।

पश्चिम बङ्गाल सरकारको तर्फबाट ‘माइकल मधुसूदन पुरस्कार’ प्राप्त गर्ने लक्खीदेवी पहिलो नेपालीभाषी महिला हुन् । लक्खीदेवी नेपाल सरकारबाट भानुभक्त स्वर्णपदकले पनि विभूषित भइन् ।

लक्खीदेवीले आफ्नो निधनमा नेपाली साहित्य जगत र विशेषगरी भारतमा रहेका नेपाली साहित्यप्रेमीमा दुःख व्यक्त गर्ने प्रशस्त प्रसङ्ग दिएर गएकी छन् । जीवन, संघर्ष, अध्ययन लगायतका मेरा प्रश्नको उत्तर पनि आफूसँगै लिएर गइन् ।

 

प्रतिकृया दिनुहोस