थप समाचारशनिबार, ७ भाद्र , २०७६

विराटनगरमा कृष्ण रथयात्रा

कमल रिमाल

कृष्ण जन्मोत्सवको अवसरमा विराटनगरमा ५२ वर्षदेखि संचालन हुँदै आएको भव्य रथयात्रा आज पनि निकालिएको छ ।

प्रदेश प्रमुख प्राडा. गोविन्दबहादुर तुम्बाहाङ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले रथयात्राको शुभारम्भ गरे ।

शनिबार अपरान्ह ३ः४५ बाट शुरु भएको रथयात्रा ७ किलोमिटर दुरी पार गरी ७ः४५ बजे समाप्त भयो । रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गराइएको छ ।

रथ, डोरी तान्दै भक्तजन र झाँकीहरू । तस्वीरहरूः कमल रिमाल

आयोजकले ५ लाख भक्तजनले अवलोकन गर्ने दाबी गरेको रथयात्रामा ६० भन्दा बढी संघसंस्थाले झाँकी प्रदर्शन गरेका छन् ।

राधाकृष्ण मन्दिर तीनपैनीबाट शुरु भएको रथयात्रा गोल्छाचोक, ट्राफिक चोक, महेन्द्र चोक, बरगाछी हुँदै मन्दिर पुगेर समाप्त हुँदैछ । रथयात्राको सुरक्षाका लागि १ हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस