रवि लामिछानेमाथि निष्पक्ष छानविन गर्न कलाकारहरुको माग
कलाकारहरुले प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा केही कलाकारले रवि लामिछानेको रिहाईको माग समेत गरे । दीपकराज गिरीले आइतबार रिहाइ हुने कामना समेत गरे ।
कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले दुःख पाउने बताए । उप्रेतीले भने, “हामी सत्यको पक्षमा लडौं ।” कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे ।