एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि कीर्गिस्तानलाई
एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उपाधि कीर्गिस्तानले जितेको छ । उज्वेकिस्तानलाई तीन–शून्यको सोझो सेटमा जित निकाल्दै उपाधि कब्जा गरेको हो ।
उज्वेकिस्तान २७–२५, २६–२४ र २५–१९ को सेटमा पराजित भयो । दुई सेट निकै प्रतिष्पर्धात्मक भएको थियो ।
तर, किर्गिस्तानले दुवै सेट जित निकाल्यो भने एक सेटमा सहज जित निकाल्यो । घेरलु मैदानमै सम्पन्न प्रतियोगिताको समूह चरणबाटै नेपाल भने बाहिरिदै पाँचौं बरियतामा चित्त बुझाउनु परेको छ ।