थप समाचारशनिबार, ७ भाद्र , २०७६

उपचारका क्रममा सुत्केरीको मृत्यु

हिमालखबर

बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्ली निवासी २१ वर्षीय वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका बेला बसन्तीको मृत्यु भएको आफन्त प्रेम नेपालीले बताए । शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि उनलाई आफन्तले अस्पताल ल्याएका थिए ।

अस्पताल पुगेलगत्तै सुत्केरी व्यथा लागेकी वसन्तीको डाक्टरले प्रसूति कक्षमा लगेर उपचार गरिरहेका थिए । दोस्रो सन्तानका रुपमा छोरालाई मृत अवस्था जन्म दिएकी छन् । सुत्केरी महिलाको शरीरबाट अत्यधिक मात्रामा रगत बगिसकेको उपचारमा संलग्न डाक्टर दुर्गाराज महर्जनले बताए ।

गत २६ साउनमा अस्पतालमा डाक्टरले सुत्केरीको अवस्थाबारे बुझेपछि उनलाई २ भदौमा सुत्केरी गराउनका लागि ल्याउनुपर्ने सल्लाह दिए पनि आफन्तले उनलाई ६ भदौमा मात्रै अस्पताल पुर्‍याएका थिए ।

प्रतिकृया दिनुहोस