भाजपा वरिष्ठ नेता अरुण जेट्लीको निधन
भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा भारतका पूर्व अर्थमन्त्री अरुण जेट्लीको निधन भएको छ ।
६६ वर्षीय जेट्लीको शनिबार स्थानीय समयअनुसार दिउँसाे १२.०७ बजे एम्स अस्पतालमा निधन भएको हो ।
गत १८ महीनादेखि बिरामी रहेका जेट्लीलाई स्वासप्रश्वासमा समस्या भएपछि यसै महीना एम्स अस्पतालमा आईसीयू राखी उपचार गरिदै आएको थियो ।
यसै वर्षको मे महीनामा प्रधानमन्त्री मोदीलाई पत्र लेखी उनले स्वास्थ्यको कारणले नयाँ सरकारमा जिम्मेवारी लिन नचाहेको जानकारी गराएका थिए ।
अरुण जेट्ली ‘सफ्ट टिश्यू’ क्यान्सर पीडित थिए । उनी यसको उपचारका लागि गत १३ जनवरीमा अमेरिका पनि गएका थिए ।
उनको करीब एक वर्षपहिले एम्स अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी मधुमेहका बिरामी पनि थिए ।–एजेन्सी