लिभरपुल र आर्सनल भिड्दै
इंग्लिस प्रिमियर लिगमा शनिबार राति लिभरपुल र आर्सनलबीच खेल हुँदैछ ।
बलिया दुई टीमबीच शीर्ष स्थानका लागि होड हुनेछ । खेल राति सवा १० बजेबाट सुरु हुनेछ ।
आजको खेलमा लिभरपुलका नियमित गोलकिपर एलिसन खेल्ने छैनन् । लिभरपुलका नाबे केइटा र नाथानील क्लेनी पनि चोटका कारण खेलमा हुने छैनन् ।
आर्सनलको इतिहासमा महँगो रकममा अनुबन्धित निकोलस पेपीलाई डेब्यू गराउने तयारी छ । यस्तै मेसुट ओजिल, ग्रानित झाकाले अन्तिममा फिटनेस टेष्ट गरेपनि खेल्ने नखेल्ने टुंगो छैन ।