माधव नेपालको फरक मत नेकपाको सम्पत्तिः नेता पौडेल
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीभित्र राखिएको फरक मत थेग्नै नसक्ने प्रकृतिको नभएको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा नेता पौडेलले पार्टीभित्रको फरक मत, बहस र विवादलाई उचाल्न नहुने बताए । उनले भने, “माधव नेपालले राख्नुभएको फरक मत नेकपाकै सम्पत्ति हो ।”
फरक मत र सम्वादले नै पार्टीमा विधिको विकास हुने नेता पौडेलले बताए । “पार्टीभित्र नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्न नै नसक्ने खालका होइनन् । आन्तरिक रुपमा हामी हल गर्छौं”, नेता पौडेलले भने ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएकाले रोकिएको पार्टी एकता प्रक्रिया अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गर्ने बैठकबाट हल हुने उनले बताए ।