समाचारशुक्रबार, ६ भाद्र , २०७६

गौरा पर्वको भव्यता र महिमा (भिडियो)

हिमालखबर

गौरा सूदुरपश्चिम नेपालमा मनाइने महत्वपूर्ण सांस्कृतिक चाँड हो । भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म गौरा मनाइन्छ ।

महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूबाट गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ ।

गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ । गौरा पर्वको अवसरमा विशिष्ट व्यक्तिहरुले शुभकामना दिएका छन् । गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान बन्दै छ ।

दार्चुला पुगेर हिमालले गत वर्ष तयार पारेकाे भिडियाे सामग्रीः 

 

प्रतिकृया दिनुहोस