खेलकुदशुक्रबार, ६ भाद्र , २०७६

नेपालको एकदिवसीय वरियता खस्कियो, नेपाल भन्दा ओमान अगाडि

हिमालखबर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १५औँ स्थानमा थियो ।

नयाँ वरियताअनुसार १५ औं स्थानमा भने ओमान आइपुगेको छ । वरियताको शीर्ष स्थानमा इङल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटाैंमा पाकिस्तान र सातौ‌ स्थानमा बङ्गलादेश छ ।

 

टी–ट्वान्टी वरियतामा भने नेपाल एघारौ‌ स्थानमा यथावत छ । टी–ट्वान्टी वरियतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् ।
टी–ट्वान्टी वरियतामा पाकिस्तान पहिलो स्थानमा छ भने इङल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।

भारत अष्ट्रेलिया, न्यूजिल्याण्ड र अष्ट्रेलिया क्रमशः चौथो पाँचौं, छैटाैं र सातौं स्थानमा छन् ।

 

प्रतिकृया दिनुहोस