मोरङमा छुट्टा–छुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु
मोरङको सुन्दर हरैचा र विराटनगरमा गए राति भएका अलग अलग सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
सुन्दर हरैंचा नगरपालिका ७ स्थित राजमार्गमा राति १ बजे ट्रक र एम्बुलेन्स ठोक्किदा एम्बुलेन्स चालकको मृत्यु हुनुका साथै एम्बुलेन्समा रहेका ५ जना र ट्रकका सहचालक घाइते भएका छन् । पश्चिमतर्फ आउँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र पूर्वतर्फ जाँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक जुध्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।
एम्बुलेन्स चालक इलाम नगरपालिका २ का रमेश निरौला (२१) को घटनास्थलमा नै मृत्यु भएको थियो । घाइते सबैको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार भएका थिए ।
बिराटनगर महानगरपालिका २ बरगाछी चोकमा राति १२ः३० बजे को १ त ४४६७ नम्बरको ट्याक्टरले स ८ प ४३५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा भएको दुर्घटनामा १ को मृत्यु हुनुका साथै १ जना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरी शम्भुनाथका त्रिभुवन चौधरी (२०) र पछाडी सवार सप्तरी महुलीका सुनिल चौधरी (१८) घाइते भएका थिए ।
-कमल रिमाल