पाँचौं स्थानका लागि नेपाल र अफगानिस्तान भिड्दै
एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा पाँचौं स्थानका लागि नेपाल आज (शुक्रबार) अफगानिस्तानसँग भिड्दैछ ।
समूह चरणको खेलाबाट दुवै टोली तेस्रो स्थानमा रहेका थिए । नेपाल समूह ‘ए’को दुवै खेलमा नेपाल पराजित भएर तेस्रो बनेको थियो भने समूह ‘बी’मा बंगलादेशलाई पराजित गरी अफगानिस्तान तेस्रो भएको थियो । खेल दिउँसो तीन बजे हुनेछ ।
साँझ ५ पाँच बजे तेस्रो स्थानका लागि तुर्कमेनिस्तान र माल्दिभ्सबीच खेल हुँदैछ । उपाधि भिडन्त भने शनिबार किर्गिस्तान र उज्वेकिस्तानबीच हुँदैछ।