समाचारशुक्रबार, ६ भाद्र , २०७६

पहाडी जिल्लामा डेंगुको संक्रमण, एकको मृत्यु

हिमालखबर

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेंगु रोगबाट एकजनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो ।

लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले डेंगु रोग लागेको बताएको उनका जेठाजु नारद मलासीले बताए ।

उनले भने, “लामो समयदेखि बिरामी भएकाले भाइरल ज्वरोको समस्या होला भन्नेमा थियाैं, रोग निको नभएपछि कैलालीतर्फ लग्यौं, उपचार गर्दागर्दै मृत्यु भयो, चिकित्सकले डेंगु हो भनेपछि, हामी आश्चर्यचकित भयौं ।”

प्रतिकृया दिनुहोस