कला/साहित्यबिहिबार, ५ भाद्र , २०७६

फिल्म शुरु हुनु अगाडि राष्ट्रिय गान अनिवार्य

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुअगाडि थुप्रै निर्णय गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिदेखि राष्ट्रिय महत्वका बिषयमा पनि प्रधानमन्त्री ओलीले निर्णय लिए । संसदमा सम्बोधन, सर्वदलीय बैठक र संविधान दिवसलाई भव्य बनाउने निर्णय समेत गरे ।

संविधान दिवसलाई भव्य बनाउने निर्णयकै क्रममा प्रधानमन्त्री ओलीले फिल्म हलका लागि पनि नयाँ निर्णय गरेका छन् । बुधबारको निर्णयअनुसार अब देशभरका हरेक फिल्म हलले फिल्म शुरु हुनु अगाडि अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनुपर्नेछ ।

राष्ट्रिय गान बजाउँदा सवै दर्शक उभिनुपर्ने व्यवस्थासहितको निर्देशनात्मक परिपत्र सञ्चार मन्त्रालयले चलचित्र हलहरुलाई पठाइसकेको छ ।

प्रतिकृया दिनुहोस