नेयमारका लागि रियल मड्रिडको ठूलो अफर अस्वीकृत
रियल मड्रिडले ब्राजिलियन स्टार नेयमारलाई अनुबन्ध गर्न पीएसजीसँग गोरेथ बेलसहित तीन खेलाडी र सय मियिन पाउण्डको प्रस्ताव राखेको थियो ।
तर, पीएसजीले यति ठूलो प्रस्ताव पनि अस्वीकार गरेको छ । बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको पीएसजीले मड्रिडले राखेको प्रस्ताव पनि अस्वीकार गरेको छ ।
मड्रिडले नेयमार अनुबन्ध गर्न सय मिलियन पाउण्ड र गोरेथ बेल, केयलर नाभास र जेम्स रोड्रिगुइज साट्ने प्रस्ताव गरेको थियो । तर, यो प्रस्ताव अस्वीकार भएसँगै नेयमार पीएसजी नै रहने संभावना बढेको छ ।
किनभने, ट्रान्सफर विन्डो २ सेटेम्बरमा सकिदैछ । नेयमारका लागि पीएसजीले खर्चिएको कीर्तिमानी २२२ मिलियन पाउण्ड नै अन्य क्लबको प्रस्ताव अस्वीकार गर्ने कारण बनेको छ ।