मेसी प्रशिक्षणमा फर्किए
बार्सिलोनाका कप्तान लियोनल मेसी प्रशिक्षणमा फर्किएका छन् । प्रशिक्षणकै क्रममा घाइते भएका मेसी यसअघि प्रशिक्षणबाट बाहिरिएका थिए ।
प्रशिक्षणमा फर्किएकाले मेसी ला लिगामा बार्सिलोनाको दोस्रो खेल खेल्ने संभावना बढेको छ । मेसी बिनाको खेलमा बार्सिलोना पराजित भएको थियो ।
पहिलो खेलमा पराजित भएसँगै अकं तालिकाको १५औं स्थानमा बार्सिलोना पुगेको छ । तर, बार्सिलोनाको रियल बेटिसविरुद्धको खेलमा मेसी खेल्ने संभावना बढेको छ ।