खेलकुदशुक्रवार, पौष १, २०७३

नेपालले भारतलाई दियो १७३ रनको लक्ष्य

हिमालखबर

एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई १७३ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनाएको हो । राम्रो सुरुवात गरेको नेपाल १० दशमलव २ ओभरमा पहिले विकेटका रुपमा सन्दीप सुनारलाई ३६ रनमा गुमाएपछि सम्हालिन सकेन् । लगातर विकेट झर्दै गएपछि नेपालले १७२ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि रोहित कुमार पौडेलले ६८ रन बनाएर नेपाललाई १७२ रनसम्म पु¥याए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४, आसिफ सेखले १८ र प्रकाश केसीले १३ रन बनायो । अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन् ।

भारतका लागि राहुल चहरले १० ओभरमा २७ रन दिएर ५ विकेट लिए । त्यस्तै कमलेश नगरकोटी, यस ठाकुर, आयुष जमवल, हिमान्सु रानाले एक/एक विकेट लिए ।

प्रतिकृया दिनुहोस