आराधनाबाट राजतन्त्र फर्कदैनः मन्त्री बाँस्कोटा
सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कसैले आराधना गर्दैमा राजतन्त्र नफर्कने बताएका छन् ।
नियमित पत्रकार सम्मेलन गर्दै मन्त्री बाँस्कोटाले राजसंस्था कोरा कल्पना मात्रै भएको बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले भने, “राजसंस्थाको कुरा गर्नेहरू समेत डाइनाेसर भएर जान्छन् ।”
गणतन्त्र नेपाली चाहनाबाट आएकाले यसलाई कसैले उल्टाउन नसक्ने पनि बताए । मन्त्री बाँस्कोटाले अब मन्त्रिपरिषद् बैठक भिडियो कन्फ्रेन्सबाट समेत बस्न सक्ने बताए ।